भारतीय दुतावासले मनायो गणतन्त्र दिवस

समाचार

1/27/2019

काठमाडौं, १३ माघ । भारतीय राजदूतावासले जनवरी २६ मा गणतन्त्र दिवस मनाएको छ । नेपालका लागि भारतीय राजदूत मंजिव सिंह पुरीको उपस्थितीमा भारतको राष्ट्रिय झन्डा झन्डोत्तोलन गर्नुका साथै भारतका राष्ट्रपतिको सन्देश पढेर गणतन्त्र दिवस मनाएको छ ।

झन्डोत्तोलन समारोहमा १५०० भन्दा बढी भारतीय नागरिक तथा भारतका मित्रहरुको उपस्थिति थियो । काठमाडांैद्वारा २०१९ २६ जनवरीका दिन भारतको ७० औं गणतन्त्र दिवस मनाइयो । सो अवसरमा नेपालका लागि भारतका केन्द्रीय विद्यालय, मोडर्न इन्डियन स्कुल तथा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र काठमाडौंका विद्यार्थीहरुले देशभक्ति गीतहरु प्रस्तुत गरे र त्यसपश्चात नेपाली सेना ब्यान्डको मधुर प्रस्तुति रह्यो ।

 गणतन्त्र दिवसको अवसरमा राजदूतद्वारा २ वीर नारी, ९ एकल महिला र ३ मृतक सैनिकको निकटतम नातेदारलाई नेरु ७.२६ करोड नगद तथा कम्मल वितरण गरि सम्मान गरियो । भू.पू. सैनिकलाई सहयोग गर्ने प्रतिबद्धता दोहो¥उँदै दूतावासले भू.पू.–२०१८ पत्रिकाको विमोचन गरियो । सो पत्रिकामा भारत सरकारद्वारा भारतीय सेनामा कार्यरत नेपाली भू.पू. सैनिकका लागि गरिएका कल्याणकाणी पहलबारे चर्चा गरिएको छ ।

उक्त दिवसको अवसरमा राजदूतले नेपालका विभिन्न जिल्लाका अस्पताल, गैरनाफामुलक संस्था तथा शैक्षिक संस्थाहरुलाई ३० वटा एम्बुलेन्स तथा ६ वटा बसको साँचो प्रदान गरे । सन् १९९४ यता भारत सरकारले स्वास्थ्य सेवा तथा शैक्षिक सेवामा पहँुच विस्तार गर्न नेपालका विभिन्न संस्थाहरुलाई ७२२ एम्बुलेन्स र १४२ बस प्रदान गरिसकेको छ । राजदूतावासले नेपालका दुर्गम भेगका विद्यार्थीका लागि शैक्षिक सामग्रीमा पहुँच बढाउनका निमित्त नेपालका ५४ शैक्षिक संस्था तथा पुस्तकालयहरुलाई पाठ्यपुस्तक अनुदान स्वरूप प्रदान गर्ने पनि घोषणा ग¥यो । भारतीय दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ