भारतीय बोर्डर सिटी सेल्स मिसन सम्पन्न

समाचार

7/1/2019

काठमाडौं, १३ असार । भारतका विभिन्न सहरमा सिटी सेल्स मिसन सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्डद्वारा आयोजित बोर्डर सिटी सेल्स मिसन २०१९ लखनऊमा जुन १७, वाराणसीमा जुन १९ र पटनामा जुन २१ मा सम्पन्न भएको हो ।

२१ नेपाली ट्राभल कम्पनीहरुको सहभागिता रहेको यस सेल्स मिसन होटल संघ चितवन र सिद्धार्थनगरसँगको संयोजनमा भएको थियो ।

सेल्स मिसनको उद्देश्य नेपाली व्यवसायीहरुको भारतीय समकक्षी टुर अपरेटरहरु र ट्राभल एजेण्टससँग सम्बन्ध विस्तार र ब्यवसाय बृद्धि गरी नेपालमा बढी भन्दा बढी पर्यटक भित्रयाउने रहेको छ ।

बोर्डर सहरहरुबाट नेपालसँगको सम्पर्क सहज हुन भएकाले बोर्डले यी शहरहरुमा सेल्स मिसनको कार्यक्रम आयोजना गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ