भारतीय रकेट चन्द्रयान २ आज प्रक्षेपण गरिने

समाचार

7/22/2019

नयाँ दिल्ली, ६ साउन । प्राविधिक त्रुटीपछि अन्तिम समयमा उडान रोकिएको भारतीय रकेट चन्द्रयान २ चन्द्रमामा प्रक्षेपणका लागि पुनः तयारी भइरहेको छ । भारतीय समयानुसार आज दिउँसो २ बजेर ४३ मिनेटमा प्रक्षेपण गर्ने तयारी भइरहेको त्यहाँको अन्तरीक्ष विभाग इसरोले जनाएको छ । चन्द्रयान २ चन्द्रमाकोे दक्षिणी धु्रवमा अवतरण गर्ने पहिलो मिसन हुने बताइएको छ । चन्द्रमामा पानी, खनिज र ढुंगाको अवस्थिति लगायत विषयमा अध्ययनका लागि पठाइने इसराले उल्लेख गरेको छ । गत जुलाई १५ मा प्राविधिक त्रुटीपछि ५६ मिनेट अगावै सो रकेटको उडान रद्द गरिएको थियो । भारतीय यो योजना सफल भए चन्द्रमामा जाने अमेरिका, चीन र सोभियन युनियनपछि भारत चौथो मुलुक बन्नेछ । करीब १५ करोड डलरको सो रकेट परियोजना इसरोको सबैभन्दा महत्वाकांक्षी मिसन हो । सो रकेट ६ सय ४० टन तौलको छ भने १४ तल्ले घर जत्रो अग्लो र शक्तिशाली भएको बताईएको छ । भारतले यसअघि सन् २००८ मा चन्द्रयान १ चन्द्रमामा पठाएको थियो तर अवतरण नगरि त्यहाँ राडारका माध्यमले पानीको अवस्थितिबारे सूचनाहरु लिएर मात्र फर्किएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ