भारतीय विदेश मन्त्रीलाई देउवाको शुभकामना

समाचार

6/2/2019

काठमाडौं, १९ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतीय विदेशमन्त्रीमा नियुत्त भएका एस जयशंकरलाई बधाई दिएका छन् ।

भारतीय दूतावासमार्फत बधाई सन्देश पठाउँदै देउवाले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतले वैदेशिक मामिलामा नयाँ उचाइ लिने विश्वास रहेको बताएका छन् ।

देउवाले विदेश सचिव रहेका बेला जयशंकरसित भएका बैठकमा प्रस्तुत व्यक्तिगत ज्ञान र क्षमता स्मरण गरेको उल्लेख पनि गरेका छन् । ‘तपाईंको विदेशमन्त्रीको कार्यकालमा नेपाल र भारतबीचको सम्बन्ध अझै बलियो हुनेमा आशावादी छु,’ देउवाले सन्देशमा भनेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ