भारतले स्थापना गरेको स्याटलाइट नेपालले प्रयोग गर्ने

समाचार

1/7/2019

काठमाडौँ, २३ पुुस । भारतले सामरिक उद्देश्यका साथ स्थापना गरेको साउथ एशिया स्याटलाइटको स्पेशलाई प्राकृतिक प्रकोपको आपत्कालिन सूचना आदान–प्रदानमा प्रयोग गर्ने गरी तयार नेपाल सरकारले गरेको छ ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले गृहमन्त्रालय मार्फत् तीनै तहबीच प्राकृतिक विपत्तका आपत्कालिन सञ्चार तथा सूचना अदानप्रदानका लागि यसको प्रयोग गर्न लागेको हो ।

त्यसका लागि केन्द्र, प्रदेश तथा स्थानीय तह सबैलाई उपयोग हुने संयन्त्र स्थापना गरेर आपतकालिन सेवाका लागि स्याटलाइटको स्पेश प्रयोग गर्ने तयारी गरिँदैछ ।

भारतले डेढ वर्षअघि छाडेको साउथ एशिया स्याटलाइटको स्पेशमा ३६ मेगाहर्ज ब्यान्डविथ प्रयोग गरी नेपाललाई निःशुल्क उपलब्ध गराएको हो ।

त्यसको व्यापारिक मूल्य वार्षिक रुपमा एक अर्ब डलर भन्दा बढी छ । यस सम्बन्धमा नेपाल–भारतबीच २०७२ फागुनमा द्विपक्षीय सहमतिमा हस्ताक्षर भएको थियो ।

भारतले उपलब्ध गराएको स्पेश नेपालले प्रशारण, सञ्चार, प्राकृतिक विपत्तिको व्यवस्थापनदेखि टेलि–मेडिसिनसम्ममा प्रयोग गर्न सक्नेछ ।

तर भारतीय स्याटलाइटको प्रयोगमा डेटा सम्बन्धमा सुरक्षा विषयले विवाद ल्याउन सक्ने देखिएपछि अहिलेका लागि प्राकृृतिक विपत्तिको आपतकालिन सूचना अदान प्रदानमा मात्र प्रयोग गर्ने तयारी नेपाल सरकारले गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ