काठमाडौँ, २८ असोज । राष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक भ्रमणका क्रममा बुधबार म्यानमार भ्रमणमा जाने भएकी छन् ।
परराष्ट्र मन्त्रालयले जनाएअनुसार राष्ट्रपति भण्डारी पाँचदिने भ्रमणका क्रममा म्यानमार जान लागेकी हुन । म्यानमारका राष्ट्रपति यु विन मिन्टको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी म्यानमार जान लागेकी मन्त्रालयले जनाएको छ ।
म्यानमारमा रहँदा उनले त्यहाँका राष्ट्रपतिसँग द्विपक्षीय हितका सम्बन्धमा छलफल गर्र्नेछिन् । राष्ट्रपति भण्डारीलाई म्यानमारका स्टेट काउन्सिलर आङ साङ सुकीले स्वागत गर्नेछिन् । राष्ट्रपतिसहित नेपाली प्रतिनिधिमण्डलको सम्मानमा म्यानमारका राष्ट्रपतिले स्वागत समारोहसहित रात्रिभोज आयोजना गर्ने कार्यक्रम छ ।
तपाईको प्रतिक्रिया