कैलाली, २२ पुस । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाइएको छ ।
कञ्चनपुरका राजनीतिक दलका भ्रातृ संगठन र प्रदेशसभा सदस्यले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर भीमदत्त नगरपालिका नगर विकास समितिको नामको ६३८ बिघा जमीनको केही अंश व्यक्ति, व्यपारी, कर्मचारी र ठेकेदारलाई वितरण गरेको देखिएको र त्यसमा भौतिक संरचना निर्माण गरेको विषयसम्बन्धी ज्ञापनपत्र बुझाइएको हो ।
मुख्यमन्त्री भट्टले सरकारी स्वामित्वमा रहेको सम्पत्तिमा कसैले पनि गैरकानूनी ढङ्गबाट काम गर्न नपाउने बताएका छन् ।
तपाईको प्रतिक्रिया