मोरङ, ११ कार्तिक । विराटनगर महानगरपालिका–१ स्थित सिङ्घिया खोलामा माटोको ढिस्काले पुरेर एक महिलाको मृत्यु भएको छ ।
घर नजीकै रहेको खोलामा माटो खन्ने क्रममा ढिस्को खसेर सोही स्थान बस्ने ३५ वर्षीया कञ्चन पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पुरिएर घाइते भएकी पासवानलाई उपचारका लागि कोशी अञ्चल अस्पताल विराटनगर ल्याइएकामा उनको सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया