मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

समाचार

7/30/2019

कपिलवस्तु, १३ साउन । मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

शिवराज नगरपालिका–७ जवाभारी बस्ने कुडाबुल्ला नाउँको ७ वर्षीया छोरी मिनि नाउँलाई सोही ठाउँस्थित सडकमा युपि ४७ आर ३५६८ नम्बरको मोटरसाइकलले सोमबार बिहान ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएकाले उपचारको लागि शिवराज अस्पताल बहादुरगंज लगिएकोमा मिनीको उपचारको क्रममा मृत्यु भएको छ । उक्त घटनामा संलग्न मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ