मोरङ, १४ असोज । मोटरसाइकल चोरी गरी फरार भएका धनपालथान गाउँपालिका–१ गडेरिया बस्ने ३३ वर्षीय सन्तोषकुमार मण्डललाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
कोशी अस्पताल परिसर विराटनगरबाट शुक्रबार को.२७ प ६३८३ नम्बरको मोटरसाइकल चोरी भएको घटनामा संलग्न अभियुक्तको खोजी गर्ने क्रममा धनपालथान गाउँपालिका-१ दशगजा सीमाना छेउबाट मोटरसाइकल सहित मण्डललाई फेला पारी प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धाम प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया