कैलाली, ३ असार । घोंडाघोंडी नगरपालिका १० स्थित सडकमा से.३ प ६३३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक युवाकको मृत्यु भएको छ ।
सोमबार दिउँसो सडक छेउमा रहेको बिजुलीको खम्बामा ठोक्किएर दुर्घटना हुँदा घाइते भएका मोटरसाइकल चालक सोही नगरपालिका ८ दिपनगर बस्ने २१ वर्षीय दिनेश टमटाको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार गौरीगंगा नगरपालिका ११ बस्ने ४० वर्षीय कर्ण कामीको सोही अस्पतालमा उपचार भइरहेको छ ।
तपाईको प्रतिक्रिया