मृतका परिवारलाई क्षतिपूर्ति बापतको रकम प्रदान

समाचार

9/16/2018

राकेश यादव, रौतहट, २९ भाद्र । गौर नगरपालिका कार्यालयले लालबकैया नदीमा भएको डूंगा दुर्घटनामा परी ज्यान गुमाएका मृतक परिवारलाई क्षतिपूर्ति वापतको रकम प्रदान गरेको छ । 

नगर प्रमुख अजय कुमार गुप्ताले कार्यालयमा एक कार्यक्रम आयोजना गरी पीडित परिवारलाइ सो रकम हस्तान्तरण गरेका हुन् । गएको ९ गते शनिबार बेलुकी ७ बजेको समयमा २६ जना सवार भएका डूंगा निर्माणाधीन पुलको पिलरमा ठोकिएर दुर्घटना हुँदा गौर नगरपालिकाका ४ जनाको मृत्यु भएको थियो । 

घटनामा एक जना ईशनाथ नगरपालिकाको व्यक्तिको दुखद निधन भएको थियो । नगर प्रमुख ले गौर नगरपालिका भित्रका मृतकका परिवारलाई क्षतिपूर्ति बापतमा जनहि १ लाख १५ हजार का दरले दिने घोषणा गरेका थिए । 

घोषणा अनुसारको रकम मृतक गौर नगरपालिका ३ निवासी उष्मा कुमारी, वड़ा नंबर ४ निवासी ओम प्रकाश चन्द्रवंशी, शान्ति देवी र इन्दु देवीका परिवारलाई दिइएको गौर नगरपालिका कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ