धनुषा, २४ बैशाख । मिथिला नगरपालिका ६ ढल्केबर बस्ने शम्भु कुमार साहको ३ वर्षीय छोरा आरएन साह आफ्नै घरबाट करिब ६० मिटर पर बारीमा मंगलबार बिहान मृत अवस्थामा फेला परेका छन् ।
घर अगाडि खेल्ने क्रममा सोमबार साँझ हराएका उनलाई खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।
यस सम्बन्धमा खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढल्केबर र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले घटनामा संलग्नता भएको आशंकामा सोही नगरपालिका ६ ढल्केबर बस्ने ३ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया