दिलिप कुमार यादव, कपिलवस्तु, १४ असोज । मदरसा शिक्षाबाट बञ्चित रहेका २७ विद्यार्थीहरु मदरसा पढ्न पाउने भएका छन् ।
मदरसा सञ्चालकले मदरसा प्रवेशमा रोक लगाएपछि मायादेवी गाउँपालिका–६ डुमरामा रहेको जामिया मतलउल वलुम असरुलफिया तोहरत गर्ल्स कलेजमा अध्ययनरत २७ जना विद्यार्थी पढ्नबाट बञ्चित भएका थिए ।
गर्ल्स कलेजमा अध्ययन गर्ने २७ जना विद्यार्थीलाई गत भदौ २६ गतेदेखि मदरसा प्रवेशमा निषेध गरिएको तथ्य जिल्ला प्रशासन कार्यालयमा असन्तुष्ट अभिभावकहरुले उजुरी गर्न आएपछि सार्वजनिक भएको थियो ।
जिल्ला प्रशासन कार्यालयमा उजुरी परेपछि नै जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले मायादेवी गाउँपालिकाका शिक्षा शाखा प्रमुख रमेश कुमार पाण्डेयलाई घटनाको प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो ।
सोही निर्देशनलाई पालन गर्दै शिक्षा शाखा प्रमुख पाण्डेयले विभिन्न चरणको छलफाल पश्चात आज विवादको समाधान भएको जानकारी दिइएका छन् ।
छलफालामा जामिया मतलउल वलुम असरुलफिया तोहरत गर्ल्स कलेजका व्यावस्थापन समितिका अब्दुल रहीम मदिनी तथा असनतुष्ट अभिभावक विच लामो छलफलबाट मदरसामा पठनपाठनको लागी पठाउने सहमाती भएको पाण्डेयले बताएका छन् ।
तपाईको प्रतिक्रिया