कपिलवस्तु, २२ माघ । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा रहेका मदरसाको समस्या समाधानका लागि मेयरलाई ज्ञापनपत्र बुझाइएको छ ।
मुस्लिम अगुवाहरुले नगरप्रमुख रजत प्रताप शाहलाई ज्ञापन पत्र बुझाएका हुन् । नगरप्रमुख शाहले नगरपालिका भित्र रहेको समुदायिक बिद्यालय र मदरसाहरुमा सुधार गर्न पहल भइरहेको जानकारी दिए ।
उनले शिक्षा क्षेत्रमा लगानीको अवश्यक्ता पहिचान गरिसकेसम्म पूर्ण सहयोग गर्न तयार रहेको आश्वासन दिए ।
तपाईको प्रतिक्रिया