मधेशी व्यवसायीमाथि भएको आक्रमणप्रति संसदमा राजपाको आक्रोश, परिणाम भयावह हुने चेतावनी

समाचार

6/3/2019

काठमाडौं, २० जेठ । काठमाडौंको बसुन्धरामा जेठ १० गते शुक्रबार राति एक मधेशी व्यवसायीमाथि भएको निर्घात कुटपिटको घटनालाई राष्ट्रिय जनता पार्टी नेपालले संघीय संसदमा विरोध गरेको छ ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा राजपा नेपालका अध्यक्षमण्डलका नेता राजकिशोर यादवले सो कुटपिटको घटनाप्रति आक्रोश पोखेका छन् ।

उनले महोत्तरीका हरेराम माथि भएको आक्रमणले सामाजिक सद्भाव खल्बलाउने र यसको परिणाम भयावह हुने चेतावनी समेत दिएका छन् ।

यस घटनाप्रति राज्य र सुरक्षा निकाय मौन रहनु शंकास्पद रहेको आशंका नेता यादवले गरेका छन् । उनले घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न सभामुखलाई आग्रहसमेत गरेका छन् ।

उनले हरेराम यादवमाथि भएको कुटपिट एउटा प्रतिनिधिमूलक घटना मात्र भएको जिकिर गर्दै यसलाई मधेशी जनताले गम्भीरतापूर्वक हेरिरहेको सभामुखलाई ध्यानाकर्षण गराएका छन् ।

हरेराममाथि मधेशी, इन्डियन, धोती भन्दै सो समूहले रडले प्रहार गरी घाइते बनाएको छ । कुटपिट गर्नेहरुको पहिचान हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ