काठमाडौं, २४ असार । मधेशी सेवा समितिले काठमाडौंमा हनुमान अराधना तथा सुन्दर काण्ड सुरु गरेको छ ।
समितिले मंगलबार काठमाडौंको बनियाटार टोखा ८ मा हनुमान आराधना तथा सुन्दर काण्ड सूरू गर्नुका साथै मधेशी समाजका अगुवाहरूलाई सम्मान पत्र वितरण गरिएको छ ।
कार्यक्रमको अध्यक्षता नन्द किशोर साहले गरेका थिए भने प्रमुख अतिथि आम आदमी पार्टी नेपालका केन्द्रीय अध्यक्ष अशोक कुमार यादव थिए ।
साह र यादवद्वारा सम्मान पत्र वितरण गरिएको थियो । सम्मानित हुनेमा गान्धी दास, मधुमाया यादव, भगत साह, रामएकवाल यादव, जितेन्द्र जयसवालसहित बिभिन्न सघसंस्थाबाट थिए ।
तपाईको प्रतिक्रिया