जनकपुरधाम, ५ बैशाख । प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले राष्ट्रिय मानव अधिकार आयोगले जुनसुकै परिस्थतिमा पनि निकै सक्षम र सबल उपस्थिती देखाएको भन्दै प्रशँसा गरेका छन् ।
पुर्व आयुक्त समाज राष्ट्रिय मानव अधिकार आयोग डिफ्रि ललितपुरको आयोजना तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र ईन्सेकको सहयोगमा जनकपुरधाममा आयोजित मानव अधिकारको सँरक्षण र सम्बद्र्धनमा राष्ट्रिय मानव अधिकार संन्यन्त्रहरु बिचको समन्वयकारी भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख कायस्थले सो धारणा राखेका हुन् ।
मानव अधिकार आयोगले तयार गरेको प्रतिवेदन उपर सरकार तथा न्यायकर्मीले महत्वका साथ हेर्नुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा प्रदेश नं. २ का मुख्य न्याधिवक्ता दिपेन्द्र झाले मानव अधिकारको सवालमा प्रदेश नं. २ अगाडी रहेको दावी गरे । उनले यस प्रदेशमा हरेक निकायमा प्रतिनिधित्व गराउनका लागि पुरुष तथा महिलाहरुका लागि पचास पचास प्रतिशत आरक्षणको व्यवस्था गरिएको बताए ।
तपाईको प्रतिक्रिया