मोबाइल चोरी गरेको आरोपमा २ जना पक्राउ

समाचार

7/28/2019

रौतहट, १२ साउन । रौतहट जिल्लाको सदरमुकाम गौरबाट प्रहरीले मोबाइल चोरी गरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ ।

गौर नगरपालिका वडा नं. ३ स्थित बस्ने रवि कुमारले रेडक्रसको भवनमा भोला हेयर ड्रेसर (सैलुन) खोली काम गर्दै आएकोमा मोबाईल चार्जमा लगाई कपाल काट्ने क्रममा केही समयपछि हेर्दा चार्जमा लगाएको समसुङ कम्पनीको एम १० मोडेलको मोबाईल चोरी भएको भन्ने खबर प्राप्त हुना साथ यस जिल्ला प्रहरी कार्यालयको क्राइम इन्भेस्टिगेशन टिममा खटिएको प्रहरी टोलीले अनुसन्धान गरि गौर नगरपालिका वडा नं.६ बस्ने वर्ष २० को संजिव साह र ऐ.ऐ. बस्ने वर्ष २१ को शेख जुनेदलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक पप्पु नायकले नेतृत्व गर्दै आएका टोलीले आपराधिक गतिविधिमा समिल्लित भएकाहरुलाई सक्रियताका साथ पक्राउ गर्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ