मायादेवी गाउँपालिका अध्यक्षको गाडीमा आगजनी

समाचार

8/11/2019

कपिलवस्तु, २६ साउन । कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका अध्यक्ष बजरंगी चौधरी चढ्ने गरेको लु १ झ ४०० नम्बरको सरकारी गाडीमा आगजनी भएको छ ।

नचिनेका मान्छेको समूहले शनिबार राति मायादेवी गाउँपालिका सदरमुकाम तौलिहवामा रहेको भाडाको निवास अगाडि पार्किङमा राखिएको गाडीमा राति १०ः५० बजेतिर आगजनी भएको हो ।

आगजनी किन र कसले र्गयो भन्ने थाहा नभएको अध्यक्ष चौधरीले बताए । आगजनीका कारण गाडी जलेर पूर्ण रुपमा क्षति भएको छ ।

कपिलवस्तु नगरपालिकाको दमकलले आगो निभाएको थियो भने घटनाबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक दीप शमशेर जबराले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ