मिर्चैयामा जुनियर रेडक्रस सर्कल गठन

समाचार

10/15/2018

सिरहा, २९ असोज । मिर्चैयास्थित सगरमाथा माविमा जुनियर रेडक्रस सर्कल गठन गरिएको छ ।

विजय कापरको अध्यक्षतामा ११ सदस्यीय सर्कलको उपाध्यक्षमा काजल महासेठ, सचिवमा विवेक सिंह, उपसचिवमा अञ्जली साह, कोषध्यक्षमा राजीव यादव, उपकोषाध्यक्षमा स्नेहा शर्मालाई चयन गरिएको छ ।

त्यसैगरी सदस्यमा मनिष राम, अशोक महतो, सुस्मिता लामा, समीक्षा राम र अनिल नायकलाई चयन गरेको रेडक्रस मिर्चैया शाखाका सचिव ध्रुव श्रेष्ठले जानकारी दिए ।

सर्कलको संरक्षकमा विद्यालयका प्राचार्य प्रदीपकुमार तिवारी, शिक्षक नायकमा टीकाराम कार्की, उपशिक्षक नायकमा दिलीप मण्डल र सल्लाहकारमा विष्णुहरि घिमिरेलाई चयन गरिएको जनाएको छ ।

नेपाल रेडक्रस सोसाइटी सिरहाका सभापति राजदेव यादवले विद्यार्थीलाई रेडक्रसप्रति आर्कषित गराउन सर्कल गठन गरिएको बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ