कपिलवस्तु, २२ चैत । १८ गतेदेखि सुरु भएको छैठौ प्राचीन कपिलवस्तु महोत्सवमा विराट दंगलप्रति दर्शकहरुको आकर्षण बढेको छ । नेपाल तथा भारतबाट आएका कुस्तीमा सहभागीहरुको खेल हेर्नका लागि भिड लागेको छ ।
दर्शकहरुको मध्यनजरलाई ध्यान दिँदै कुस्ती प्रतियोगिता बिहीबार, शुक्रबार र शनिबार ४ बजेदेखि ७ बजेसम्म राखिएको छ । महोत्सव आउने चैत ३० गतेसम्म रात्रीकालीन सयममा चल्ने छ ।
महोत्सवमा कृषि, पर्यटन, ब्यापार, बाल उद्यान, मनोरन्जन, गौतम बुद्ध र प्राचिन कपिलवस्तु झल्को दिने सामग्रीहरु रहेको तौलिहवा उद्योग वाणिज्य संघका सचिव अर्जुन चापागाईले बताए ।
महोत्सवमा २ सय बढी स्टलहरु रहेका छन् । ढेड लाख बढी दर्शकले अवलोकन गरी एक करोड बढीको कारोवार हुने संयोजक गयादिन कुर्मीले बताए ।
दैनिक रुपमा साझं ७ बजे बाट बुद्ध पध्म माविको खेल मैदानमा विविध सास्कृतिक कार्यक्रम तथा प्रथम डान्स आइडल पनि संचालनमा रहेको छ जसमध्ये टप १० छनौट भई प्रतिस्प्रधामा रहेका छन् ।
तपाईको प्रतिक्रिया