महोत्तरी : पोखरीमा डुबेर चार वर्षीय बालकको मृत्यु

समाचार

11/6/2019

महोत्तरी, २० कार्तिक । पिपरा गाउँपालिका–६ रतौलीको पोखरीमा डुबेर एक चार वर्षीय बालकको मृत्यु भएको छ ।

हरि नारायण शर्मा ठाकुरको ४ वर्षीय छोरा अर्जुन शर्मा ठाकुरको पोखरीमा डुबेर बुधबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

पोखरीमा खेल्ने क्रममा डुबेर अशक्त भएका अर्जुनको प्रादेशिक प्रदेश नम्बर २ अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ