कलैया, २९ कार्तिक । बाराको प्रसौनी गाउँपालिकास्थित दुधौरा नदीको किनारमा आयोजित ‘सीताराम नाम जप’ महायज्ञमा दलित समुदायका व्यक्तिलाई हवनमा बस्न निषेध गरिएको छ ।
भदौ ५ गतेदेखि शुरु भएको सीताराम जप महायज्ञ’ ११७ दिनको रहे पनि यज्ञमा प्रसौनीका दलित समुदायका व्यक्तिलाई हवनमा बस्न नदिएपछि स्थानीय दलित समुदायका व्यक्ति निरास बनेका छन् ।
महायज्ञ व्यवस्थापन समितिले दलित समुदायका व्यक्ति हवनमा बस्दा अनिष्ट हुने अफवाह फैलाएपछि न्यायका लागि दलित समुदायका व्यक्ति प्रशासनमा गएका थिए ।
प्रशासनको भूमिकासमेत प्रभावकारी नहँुदा दलित समुदायको हकमा अन्याय भएको पूर्वमन्त्री कलावती पासवानले बताइन् ।
महायज्ञ व्यवस्थापन समितिका अध्यक्ष सुनील गुप्ताले बिहीबार पत्रकार सम्मेलन गरी आफूहरुले दलित समुदायका व्यक्तिलाई हवनमा बस्न कुनै किसिमको अवरोध नगरेको जानकारी दिए ।
राष्ट्रियसभा सदस्य रमेश यादवले मानव कल्याणका लागि यज्ञको थालनी भएकाले विभेद गर्न नपाउने कानूनको अवज्ञा गर्ने अधिकार कसैको नरहेको बताए ।
तपाईको प्रतिक्रिया