रुपन्देही, २५ कार्तिक । महिलालाई बोक्सीको आरोपमा कुटपिट तथा दुव्र्यवहार गर्ने एकै परिवारका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
तिलोत्तमा नगरपालिका–४ मा पक्राउ गरेकालाई प्रहरीले जिल्ला अदालत रुपन्देहीबाट पक्राउ पुर्जीको समर्थन प्राप्त गरी पुनः म्याद थपका लागि जिल्ला अदालत भैरहवामा पेश गरेको छ ।
बोक्सीको आरोपमा तिलोत्तमा नगरपालिका–४ नयाँमिलका टीकाराम आचार्य, उनकी पत्नी कमला आचार्य र छोरी प्रमिला आचार्य खनाललाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
तपाईको प्रतिक्रिया