बारा, १९ जेठ । बारामा महिला सशक्तिकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
पूर्वाधार विकास कार्यालयको सहयोग र विकासका लागि युवा महासङ्घको आयोजनामा शनिबार प्रसौनी गाउँपालिकाको खुट्टवा जब्दीमा महिला ससक्तीकारण सम्बन्धी दुई सय महिलाहरुलाइ अभिमुखिकरण कार्यक्रम सप्पन्न भएको छ ।
अभिमुखिकरण का सभापतित्व वडाअध्यक्ष ले गरेका थिए । उक्त अभिमुखिकरणका सहजकर्ता नरेश साह, निभा सिंह, जगन पण्डित थिए ।
यसैगरी विकासका लागि युवा महासङघका उपाध्यक्ष जितेन्द्र कुमार सिंहको विशेष उपस्थिति तथा सहयोगी रवब यादव, राजेश यादव थिए ।
तपाईको प्रतिक्रिया