योजनालाई पूर्ण कार्यन्वयन गर्न हाम्रो कर्तव्य : अधिकृत कायस्थ

समाचार

7/2/2019

रौतहट, १६ असार । रौतहटको माधवनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्तले देशभरी संचालनमा रहेको प्रधानमन्त्री स्वरोजगार कार्यक्रमले अहिले बेरोजगार नागरिकलाई नगर क्षेत्रका ओझेलमा परेको कामहरु सम्पन्न गराउनु सहयोग पुगिरहेको बताएका छन् ।

प्रधानमन्त्री स्वारोजगार योजनालाई पूर्ण रुपमा कार्यान्वयन गराउने लक्ष्यसहित नगरपालिकाले नगर क्षेत्रमा १ सय २० जना वेरोजगारहरुलाई १ महिने रोजगार दिने उद्देश्यका साथै नगर क्षेत्रका समाजिक सरसफाई अन्तर्गत विद्यालय, सडक, नाला, मठमन्दीर, हेल्थपोष्ट, खेलमैदान लगायतका ठाउँहरुलाई सरसफाई गराउने कार्य अघि बढ़ाइएको अधिकृत कायस्तले जानकारी गराएका छन् ।

कार्यक्रमअन्तर्गत पर्यावरण जोगाउन वृक्षारोपण अति आवश्य भएकोले अबको केही दिन उनीहरुबाट बृक्षरोपन गराई हेरचाहका लागि समेत जिम्मेवारी दिने योजना बनाइएको अधिकृत कायस्तले बताए ।

उनले प्रधानमन्त्रीको यो योजना अति नै सराहनीय रहेको र यसको कार्यान्वयन गर्न गराउन हामी सबैको कर्तव्य रहेको बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ