यशोधरामा प्रधामन्त्री रोजगार कार्यक्रम प्रारम्भ

समाचार

6/15/2019

कपिलवस्तु, ३२ जेठ । यशोधरा गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । गाउँपालिकाको वडा नं. १ को पकडी गाउँमा पोखरी मर्मतको कामको सुरुवात गरी कार्यक्रम शुभारम्भ गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष गिरिजेश कुमार पाण्डेयले पोखरीमा कोदालोले खनेर कार्यक्रमको उद्घाटन गरे भने उपाध्यक्ष कन्यावती उपाध्यायले माटो बोकेर पोखरीको बाँध निर्माण गरिन् ।

उद्घाटन गर्दे अध्यक्ष पाण्डेयले बेरोजगारलाई रोजगार दिने कार्यक्रम स्थानीय बेरोजगारलाई काममा लगाएर स्थानीयस्तरमै रोजगारी दिइएको बताए ।

यस वर्ष १ महिनाका लागि भएको रोजगार कार्यक्रम अर्को वर्षबाट १ सयदिने कार्यक्रम रहेको पाण्डेयले बताए ।

कार्यक्रममा बोल्दै यशोधरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर घर्तीले रोजगारी नपाएर विदेशिना बाध्य भएका युवाहरुलाई नेपालमै रोजगारी दिने उद्देश्यले प्रधानमन्त्री कार्यक्रम शुरुवात भएको बताए ।

१ महिनाका लागि रोजगारी कार्यक्रम भए पनि समयको अभाव र शुरुवाती चरण र तयारीका क्रममा १५ दिनका लागि यो कार्यक्रम शुरुवात गरेको बताए ।

गाउँपालिकाको प्रत्येक बडाबाट ५० जनाको दरले ४ सय जनालाई १५ देखि २० दिनका लागि रोजगारी दिइने अधिकृत घर्तीले बताए । यो वर्ष गाउँपालिकामा यो कार्यक्रमका लागि ४४ लाख रकम आएको रोजगार संयोजक रमेश बेल्वासेले बताए ।

वडाका गरीबहरुले श्रम मार्फत रकम पाउने र स्थानीय स्तरमै कार्यक्रम गरिएको वडा नं. १ का वडा अध्यक्ष शिव पुजन पासीले बताए । गाँउपालिका भित्र रहेको कुलो तथा नाली मर्मत, बाटो सरसफाई, मन्दिर निर्माण, फुलबारी बनाउने लगायतको कार्य गरिने छ ।

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष कन्यावती उपाध्याय, वडा अध्यक्ष चन्द्र प्रकाश दुवे कार्यपालिका सदस्य शौकीलाल बढई लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ