काठमाडौं, २७ बैशाख । समृद्ध सिन्धुली अभियानले यस वर्ष गर्ने राइड थ्रु सिन्धुलीगढी साइकल यात्राको बुधबार पत्रकार सम्मेलन गरी घोषणा गरेको छ ।
सिन्धुलीगढीमा तत्कालीन ब्रिटीस कम्पनीको सेनालाई पराजित गरेको सम्झनामा सुरु गरिएको साइकल यात्रा यस बर्ष नोभेम्बर २२ देखि २५ सम्म ४ दिन हुने छ ।
यस बर्षको साइकल यात्रा काठमाडौंको पशुपतिनाथ परिसरबाट सुरु भएर मधेशको सांस्कृतिक सहर जनकपुरधामसम्म विस्तार गरिने भएको छ ।
साइकल यात्राको स्टोरी साइकल, सानो पाइला, फ्याक्ट्स नेपाल, सिन्धुलीय श्रेष्ठ समाजलगायतका संस्था सहआयोजक छन् । साइकल यात्रालाई पर्यटन बोर्डले प्रबर्धनमा सघाउने छ ।
समृद्ध सिन्धुली अभियानले राइड थ्रु सिन्धुलीगढी साइकल यात्रा घोषणा गर्न आयोजित कार्यक्रममा विश्व साइकल यात्री पुस्कर शाहले यसपालीको सिन्धुलीगढीहुँदै हुने साइकल यात्रामा आफू पनि सहभागी हुने बताए । गत बर्ष भाँडा माझ्न अष्ट्रेलिया गएकाले सहभागी हुन सकिन, उनले ठट्यौली गर्दै भने, राइड थ्रु सिन्धुलीगढीलाई निकै मिस गरेँ । यसपाली अबस्य सहभागी हुनेछु ।’
तपाईको प्रतिक्रिया