रोकी राखेको ट्याक्टरमा स्कूटर ठोक्किँदा एकको मृत्यु

समाचार

5/11/2019

सप्तरी, २८ बैशाख । सुरुङगा नगरपालिका १ हस्पिटल चोकस्थित कदमहा गाईघाट सडकखण्डमा रोकी राखेको ट्याक्टरमा स.१० प ५८८७ नम्बरको स्कुटर शनिबार बिहान ठक्कर खाई दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।

गम्भीर घाइते भएका स्कुटर चालक उदयपुर त्रियुगा नगरपालिका ३ बस्ने ३२ वर्षीय प्रबिण चौधरीको सप्तऋषि अस्पताल लहान सिरहामा उपचारको क्रममा मृत्यु भएको छ ।

ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ