राजपा नेपालका महामन्त्री सिंह सम्मानित

समाचार

9/23/2018

काठमाडौं, ७ असोज । निजामती कर्मचारीहरुको राष्ट्रिय स्तरको ट्रेड युनियन नेपाल मधेशी निजामती कर्मचारी मञ्चले काठमाडौंको बबरमहलस्थित आफ्नै मधेश भवनमा २०७५ सालको वडा दशै, शुभ दिपावली, छठ लगायतका चाडपर्वहरुका लागि आयोजित शुभकामना अदान प्रदान कार्यक्रममा निजामती कर्मचारीहरुको राष्ट्रिय स्तरको ट्रेड युनियन सञ्जालले राजपा नेपालका महामन्त्री विनोद कुमार सिंहलाई सम्मान गरेको छ ।

उपत्यकास्थित मञ्च आवद्घ सदस्यहरु तथा सञ्जालका पदाधिकारीहरुको विशेष उपस्थितिमा आयोजित शुभकामना तथा सम्मान कार्यक्रम निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका केन्द्रिय अध्यक्ष पूण्य प्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न उपरोक्त कार्यक्रम मञ्चका केन्द्रीय अध्यक्ष भुवनेश्वर चौधरीको अध्यक्षता सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष केदार प्रसाद देवकोटा, नेपाल निजामती कर्मचारी युनियन संघका केन्द्रीय अध्यक्ष गोपाल प्रसाद पोखरेल, नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीका केन्द्रीय अध्यक्ष हरी वहादुर रावललाई अतिथिको रुपमा आमन्त्रण गरिएको थियो ।

कार्यक्रममा चाडपर्वहरुको शुभकामना साटासाट गर्दै प्रमुख अतिथि तथा संजालका अतिथि वक्ताहरुले सन्जालका पुर्व सदस्य तथा नेपाल मधेशी निजामती कर्मचारी मञ्चका संस्थापक अध्यक्ष सिंहको ३० वर्षे संघर्षपूर्ण जागिरे जिवनको विश्लेषण तथा प्रशंशा गर्दै राष्ट्रिय जनता पार्टी नेपालको महामन्त्री जस्तो गरिमामय पदको जिम्मेवारी पाएकोमा हार्दिक बधाईका साथ उनको कार्यकालको पूर्ण सफलताको शुभ कामना दिर्दै निजामती क्षेत्रको कर्मचारी ट्रेड युनियन आन्दोलनलाई संस्थागत गर्न पुर्याएको महामन्त्री सिंहको योगदानको उच्च कदर गर्दै सामूहिक रुपमा दोसल्ला ओढाई सम्मान पत्रका साथ सम्मान गरिएको बताएका थिए ।

सम्मान ग्रहण गर्दै महामन्त्री सिंहले निजामती सेवा र निजामती ट्रेड युनियन आन्दोलनवाट प्राप्त गर्नुभएको ज्ञान, शीप र क्षमतालाई आफ्नो राजनैतिक पार्टीको पदीय जिम्मेवारी पुरा गर्दा सामाजिक क्षेत्रको विविध पक्षमा सदुपयोग गर्ने र आगामी दिनमा निजामती सेवालाई गरिमामय सेवाको रुपमा विकास गर्दै निजामती क्षेत्रको कर्मचारी ट्रेड युनियन आन्दोलनलाई थप समृद्ध गर्ने दिशामा आफु हरदम राजनैतिक तथा व्यवहारीक रुपले तत्पर रही रहने प्रतिवद्घता जनाएका थिए ।

सोही कार्यक्रमको समापन मन्तव्यमा मञ्चका केन्द्रीय अध्यक्ष भुवनेश्वर चौधरीले आफ्नो नेतृत्वको कार्य समिति सदैव निवर्तमान अध्यक्ष तथा महामन्त्री विनोद कुमार सिंहको सही सुझाव तथा निर्देशनको लागी प्रतिक्षारत रहने भन्दै कर्मचारीको भुमिकालाई राजनैतिक नेतृत्वले पहिचान दिएकोमा राजपा नेपाललाई धन्यवाद दिनु भएको थिया र साथै अन्य राजनैतिक दलहरुवाट समेत यसतो अपेक्षा राखेको विषयमा जोड दिएका थिए ।

केन्द्रीय उपाध्यक्ष सुजित कुमार झाले सञ्चालन गरेको उपरोक्त शुभकामना तथा सम्मान कार्यक्रममा निजामती सेवामा हालै पदोनती हुनु हने मधेशी कर्मचारीहरुलाई समेत सम्मान गरिएको जानकारी महासचिव बेचन कुमार महतोले दिएका छन् ।

कार्यक्रममा स्वागत मन्तब्य मन्चका उपत्यका सयोजक बिजय कुमार सिहले गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ