रौतहट, २३ साउन । रौतहटको गढीमाई नगरपालिकामा बिहीबार दिउँसो आगलागी हुदा ४ वटा घर जलेर नष्ट भएको छ ।
गडीमाइ नगरपालिका ४ सुन्दरपुरमा आगलागी हुँदा ४ वटा घर जलेर नष्ट भएको हो । आगलागीबाट स्थानीय नागेन्द्र राय यादवको श्रीमती ४५ बर्षीय गंगीया देवी र ६ बर्षीय नाति उप्रेती यादव घाइते बनेका छन् ।
घरमा रहेको १० लाख भन्दा बढीको सामाग्रीहरू जलेर खरानी बनेको स्थानीयले बताएका छन् । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया