राम मनोहरको परिवारलाई साउदीमा रहेका मधेशीहरुको सहयोग

समाचार

9/25/2018

काठमाडौं, ९ असोज । प्रहरी हिरासतमा मृत्यु भएका बाँकेका राम मनोहर यादवको परिवारलाई साउदीमा रहेका मधेशीहरुले राहत रकम संकलन गरी सहयोग गरेका छन् ।

आर्थिक अवस्था कमजोर रहेका राम मनोहरको मृत्युपश्चात् उनका बालबच्चा तथा परिवारको बिचल्ली रहेको अवस्थामा साउदीमा रहेका मधेशीहरुले पीडित परिवारलाई राहतस्वरुप सो रकम संकलन गरी पठाएका छन् ।

वैदेशिक रोजगारको सिलसिलामा साउदीमा रहेका बुधेश्वर महरा र रामस्वरुप मण्डलले साउदीस्थित अब्दुल्लाह कम्पनीमा कार्यरत् मधेशीसँग संकलन गरेको नेपाली रुपैयाँ ६१ हजार ४ सय १६ राम मनोहरको परिवारका लागि पठाएका छन् ।

साउदीमा रहेका रामस्वरुप मण्डल २५१, बुधेश्वर महरा २५१, विजय महरा २०१, दिलिप गोसाइ १०१, अशोक महतो, १०१, सन्तोष कापर ५१, रंजित कुमार साह ५१, शत्रुधन साह ५१, संजीप साह ५१, शिवशंकर दास ५१, प्रदीप महरा ५१, मनोज भगत ५१, विष्णु कुमार ठाकुर ५१, राजलाल यादव ५१, राजेन्द्र यादव ५१, किशोर महतो ५१, रामउद्गार साह ५१, महादेव यादव ५१, इन्द्रेश पासवान ५१, लोकरंजन महतो ५१, देवचरण यादव ५१, कासिन्द्र महतो ५१, सुनिल साह ५१, एकबाल महतो, ५१, वीरेन्द्र ठाकुर ५१, अशोक कुमार महतो ५१, वीरेन्द्र साह २१ र देवकुमार यादव २१ साउदी रियाल सहयोग गरेको स्वतन्त्र मधेश गठबन्धनका नेता जासर यादवले मधेशवाणीलाई जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ