नेपालगन्ज, ११ माघ । लीडरशिप एकेडेमी, अमेरिकास्थित युनिभर्सिटी अफ सान्डिएगो क्रक स्कुल र क्रक इन्स्टिच्युट फर पिस एण्ड जस्टिस University of San Diego, Kroc School & Kroc Instituite for Peace and Justice (IPJ को संयुक्त आयोजनामा सञ्चालित राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रम कार्यक्रम (Nepali Emerging Leaders Program) दोस्रो शैक्षिक सत्र प्रदेश नम्बर ५ बाँके जिल्लाको नेपालगञ्जबाट सुरु भएको छ । कार्यक्रममा देशका सातै प्रदेशबाट ४२ जना रहेका छन् । देशको पूर्वदेखि पश्चिम तथा पहाड, हिमाल र तराई तीनै क्षेत्रको प्रतिनिधित्व हुनेगरी हरेक प्रदेशबाट ३ पुरुष र ३ महिला रहने गरी २५ देखि ४० वर्षसम्मका सहभागी छनोट गरिएको छ ।
नेपालका युवा नेतृत्वलाई अझै प्रभावकारी बनाउन र उनीहरुमा विकसित भइरहेको नेतृत्व क्षमताको विकास, विस्तार र अभिवृद्धिका लागि यो कार्यक्रम सञ्चालनमा ल्याइएको हो । यस प्रशिक्षणात्मक कार्यक्रमले युवा नेतृत्वको अग्रसरतामा गाउँ तथा समाज परिवर्तनका लागि भइरहेका प्रयासहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्न तथा समुदायमा यी कार्यक्रमको ठूलो प्रभाव सिर्जना गर्न मद्दत गर्दछ । यस कार्यक्रमले समुदाय तथा सरकारी निकायसँग अझै प्रभावकारी रुपमा काम गर्नका लागि युवा नेतृत्वलाई मिडियासँग संलग्नता, सामुदायिक समस्याहरुको वकालत, तथा सम्बोधनजस्ता विविध विषयमा तालिम प्रदान गर्छ । यस कार्यक्रममा देशको विभिन्न क्षेत्र, वर्ग, लिंग, विविध जातजाति तथा भिन्न राजनीतिक मूल्यमान्यता बोकेका प्रशिक्षार्थी सहभागी रहेका छन् ।
यस कार्यक्रमले ग्रामीण तथा स्थानीय स्तरमा काम गरिरहेका २५ देखि ४० वर्षको एक विशेष उमेर समूहका राजनीतिक तथा गैरराजनीतिक युवा नेतारनेतृहरूलाई राष्ट्रिय स्तरमा पहिचान दिलाउने कार्य गर्नेछ । विशेषज्ञ, स्थापित राजनीतिज्ञरविज्ञको अनुभव, मार्गदर्शन, सहयोग तथा सिफारिसले युवा नेताहरूलाई छोटो समयमा मूलधारमा पुग्नलाई उत्प्रेरकको काम गर्न सक्छ । यस कार्यक्रमले राजनीतिक तथा गैरराजनीतिक विशेषज्ञहरूको पहिचान गरी उहाँहरूसँग युवा नेताहरूको सम्पर्क स्थापित गराइदिनेछ । देशका जटिल तथा चुनौतीपूर्ण समस्या समाधानमा यस कार्यक्रमले तयार गरेका प्रशिक्षार्थी र मार्गदर्शकको विशेष समूहको अहम् भूमिका हुन जान्छ ।
तसर्थ, यस समूहले स्थानीयदेखि राष्ट्रिय सरकार र सरोकारवालाहरूसँग सहकार्य गरी उदाहरणीय कार्य गर्नेछ । राष्ट्र विकासका लागि युवा नेतृत्वले लिएको पहलकदमी प्रशंसनीय छ । यद्यपि, उचित सीप र कौशलको अभावका कारण सोचेजस्तो उपलब्धि हासिल हुन सकेको छैन । यदि राष्ट्रलाई विकासको पथमा अघि बढाउने हो भने अबको युवा नेतृत्व असलमात्र नभएर कुशल पनि हुन जरुरी छ । युवाहरुमा नेतृत्वको लागि आवश्यक ज्ञान तथा सीप विकास गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालनमा ल्याइएका हो ।
तपाईको प्रतिक्रिया