काठमाडौं, १८ चैत । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका नेता राजेन्द्र महतो हावाहुरी प्रभावित क्षेत्रमा राहत सामग्रीसहित प्रस्थान गरेका छन् ।
यसअघि नै राजपा नेपालले राहत कार्यका लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिसकेको छ ।
आइतबार राति आएको विनाशकारी हावाहुरीका कारण बारा, पर्सा र रौतहट लगायतका जिल्लामा ४० भन्दा बढीको ज्यान गइसकेको छ भने सयौं घाइते छन् ।
तपाईको प्रतिक्रिया