सप्तरी, २८ चैत । सप्तरीको खडक नगरपालिका—८ ढोलबजा र बोदेबर्साइन नगरपालिका–२ नेङ्गरा बैरिया, जोगियाँ जाँजरको पावन भुमिमा लोक नायक दिनाभद्रीको तेस्रो महोत्सव नेपाल भरिको प्रत्येक जिल्लाबाट आएका मुसहर समुदायले मनाएका छन् ।
राष्ट्रिय स्तरको तेस्रो मेला महोत्सवको प्रमुख अतिथिको रुपमा प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादव, उक्त प्रदेशका सभासद गोविन्द न्युपाने, रुवी कर्ण, अभिशेष यादव, पूर्वमन्त्री उमेश यादव लगायत बोदे वर्साइनका नगर प्रमुख, खडक नगरपालिको नगरप्रमुख, मुसहर सांसद फुलिया सदाय, पूर्वसांसद असर्फी सदा, नेपाल राष्ट्रिय मुसहर संघको अध्यक्ष चन्देश्वर सादा, माहासचिव रामस्वरुप सदाय, नगर प्रमुख गंगा पासवान लगायत मुसहर अगुवाहरु, दलित अधिकार कर्मी दादिराम परियार तथा कालाकारहरुको उपस्थिति रहेका थिए ।
तपाईको प्रतिक्रिया