रुपन्देही, १७ भाद्र । रोहिणी गाउँपालिका–६ ललितपुर पकडिहवाबाट नियन्त्रित लागूऔषध स्पास्मो १ हजार ४ सय ४० ट्याबलेट, नाईट्राभेट १ सय ५० ट्याब्लेट र वानरेक्स जस्तो देखिने रातो रङ्गको झोल पदार्थ सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बुटवल उपमहानगरपालिका–९ बस्ने दिपनगर बस्ने ३९ वर्षीय अम्मर बहादुर बिक र नवलपरासी सुनवल नगरपालिका–७ अस्नैया बस्ने ३० वर्षीय मनोज कुमार थापा क्षेत्री रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले लु.८ प ९३३८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया