बाँके, २२ कार्तिक । बाँके जिल्लामा अवैध लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपालगंज उपमहानगरपालिका–९ बाँके गाउँ बस्ने २५ वर्षीय राजु खटिकलाई अवैध लागूऔषध ब्राउनसुगर करिब २० ग्राम सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट संयुक्त रुपमा खटिएको प्रहरीले रुपैडिहामा नेपालगंजतर्फ जाँदै गरेको भे.१ ह ११९२ नम्बरको अटो रिक्सा जाँच गर्ने क्रममा अटोमा सवार उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी नेपालगंज उपमहानगरपालिका–१४ स्थित चौलिका चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ ५० दशमलब २ ग्राम सहित सोही उपमहानगरपिका(१६ बस्ने ५० वर्षीय बसारथ अली सैयदलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट संयुक्त रुपमा खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया