पर्सा, १६ पुस । पर्सा जिल्लाको विरगञ्ज महानगरपालिका १६ बाट सोमबार एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषध बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको नोफिन २ सय बोतल, डाईजोल्याव २ सय बोतल र फेनारगन २ सय बोतल सशस्त्र प्रहरी बल नेपाल गुल्म हेक्वा पर्सा नम्बर १४ गुल्मबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
त्यसवेला लागूऔषध ल्याउने व्यक्तिहरु गस्तीमा रहेको एपीएफ टोलीलाई देख्नासाथै उक्त लागूऔषध छाडी भागेका थिए । बरामद लागूऔषध आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।
तपाईको प्रतिक्रिया