लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान आरम्भ

समाचार

11/26/2018

काठमाडौं, ९ मंसिर । महिला हिंसा उन्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान आरम्भ गर्दै नेपालका सातवटै प्रदेश सभा भवनहरु आइतबार सुन्तला रंगले रंगाइयो ।

नेपालका प्रदेश सरकारहरुका साथै नेपालस्थित संयुक्त राष्ट्र संघ र अन्तर्रा्ष्ट्रिय विकास साझेदार समूहका लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण समूहले संयुक्त रुपमा यूनाइट अभियानको औपचारिक रंगको प्रयोग गर्दै संसद भवनहरु सुन्तला रंगले रंगाएर विश्वव्यापी अभियानमा सहभागिता जनाए ।

यस वर्षको महिला हिंसा उन्मूलन सम्बन्धी अन्तर्रा्ष्ट्रिय दिवसको अवसरमा (मंसिर ९ गते) संयुक्त राष्ट्र संघको “इचबलनभ तजभ ध्यचमिस् ३ज्भबचःभत्यय र ३मेरोपनिसुन” भन्ने अभियानले महिला तथा किशोरीहरु माथि हुने यौन हिंसा तथा अन्य गम्भीर प्रकृतिका हिंसाको विरुद्ध राष्ट्रव्यापी रुपमा ऐक्यवद्धता जनाउँदै एकिकृत हुन आवहान गर्दछ ।

यसै सन्र्दभमा, राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा राष्ट्रपति विद्यादेवी भण्डारीले “बोक्सीको आरोप, छाउपडी, दाइजो जस्ता कुप्रथालाई कानुनले निषेध गरिसकेको अवस्थामा समेत अन्धविश्वास, कुरीति, कुसंस्कारले गर्दा नेपाली महिला हिंसा, विभेद र अपमानका पीडा खप्न अझै वाध्य छन्” भन्नुभयो । ‘महिला विरुद्ध हुने सबै खालका हिंसा अन्त्यको लागि शिक्षा र चेतना फैलाउनु तथा आर्थिक रुपले आत्मनिर्भर र स्वाबलम्बी बनाउनुपर्ने आजको आवश्यकता छ।’

“लैङ्गिकताका आधारमा हिंसा वा हिंसाको त्रास सामना गरेका सबैजना प्रति आज हामी ऐक्यवद्धता जनाउँछौं । हिंसामा परेका व्यक्ति र अभियन्ताहरुको आवाज एवं अथक प्रयासको समर्थन गरौं । महिला र किशोरी विरुद्धको हिंसा विश्वव्यापी रुपमा सबैभन्दा बढीहुने मानव अधिकार उल्लंघन हो,” नेपालस्थित संयुक्त राष्ट्र संघका आवसीय प्रतिनिधि भ्यालरी जुलियान्डले भन्नुभयो ।

“महिला र किशोरीलाई अगाडी बढ्न अवरोध खडा गर्ने अवस्था परिवर्तन गर्दै हिंसा एवं भेदभावमुक्त विश्व निर्माण गर्नेतर्फ हामी क्रियाशील रहनु पर्दछ । नेपालले लैङ्गिक हिंसा रोकथाम तथा सम्बोधन गर्न कानुनहरु निर्माण गर्नमा महत्वपूर्ण उपलब्धिहरु हासिल गरेको छ । अब शब्दलाई व्यवहारमा रुपान्तरण गर्ने समय आएको छ ।”

यसै अवसरमा सातै वटा प्रदेश सभाका सदस्यहरुसँग लैङ्गिकतामा आधारित हिंसाका बारेमा अन्तरक्रिया कार्यक्रमको पनि आयोजना गरिएको थियो । अन्तरक्रिया कार्यक्रमको क्रममा, प्रदेश सभाका सदस्यहरुले नेपालमा विद्यमान लैङ्गिक हिंसा, त्यसका कारण र प्रतिफलका साथसाथै लैङ्गिक हिंसा रोकथाम गर्नमा सांसदहरुको भूमिकाको बारेमा चर्चा गर्नुभयो ।

प्रदेश चारको राजधानी पोखरामा बोल्दै नेपालका लागि यूरोपेली संघ प्रतिनिधिमण्डलका उप प्रमुख जेन पेत्रेले भन्नुभयो, “महिला तथा किशोरी माथि हुने हिंसाको अन्त्य गर्नु यूरोपियन यूनियनको विश्वव्यापि एजेन्डाको प्राथमिकतामा पर्दछ र हामी संयुक्त राष्ट्र संघसँग सहकार्य गर्दै यस मुद्दामा शिक्षा, जनचेतना विकाश, रोकथाम तथा न्याय सुनिश्चित गर्न प्रतिबद्ध छौं ।” प्रदेश स्तरका सम्पूर्ण कार्यक्रम यूरोपियन यूनियन तथा स्वीस सरकार बिकास सहयोग एसडिसिको सहयोगमा आयोजना गरिएको थियो ।

सुन्तला रंग लगाउने र अन्तरक्रियाका कार्यक्रमले सरकार, नागरिक समाज, संयुक्त राष्ट्र संघका साथसाथै अन्तराष्ट्रिय विकासका साझेदारसंथाहरुलाई एक ठाउँ उभ्याएर लैङ्गिक हिंसाको सवाललाई महत्वपूर्ण रुपमा उजागर गर्ने काम गर्यो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ