लालपर्सामा राष्ट्रिय नागरिक संघर्ष समिति गठन

समाचार

12/30/2018

वीरगंज, १५ पुस । राजसंस्था पुनस्र्थापनाका लागि विगत लामो समयदेखि संघर्ष गर्दै आएको राष्ट्रिय नागरिक संघर्ष समितिले संगठन विस्तारको कार्यक्रमलाई तीव्रता दिएको छ ।

यसै क्रममा एक कार्यक्रमका बीच पर्साको लालपर्सामा राष्ट्रिय नागरिक संघर्ष समितिको गाउँस्तरीय समिति विस्तार भएको छ ।

पर्साको लालपर्सा वडा नं. १ स्थित धर्मशालाको प्राङ्गणमा राष्ट्रिय नागरिक संघर्ष समिति पर्साका संयोजक तथा राष्ट्रवादी शान्ति समूह पर्सा बाराका संस्थापक अध्यक्ष अब्दुल सतार अंसारीको विशेष उपस्थितिमा ध्रुप महतोको अध्यक्षतामा सत्र सदस्यीय इकाई समिति गठन गरिएको हो ।

समितिको उपाध्यक्षको जिम्मेवारी वीर वहादुर साह र राजा मण्डललाई सर्व सम्मतिले दिइएको छ भने सुनिल पटेललाई कोषाध्यक्षको जिम्मेवारी दिइएको छ ।

त्यस्तै सचिव र सह सचिवमा भरत प्रसाद गुप्ता र राजेन्द्र साह कलवार रहेका छन् भने सदस्यहरूमा लक्ष्मी साह कलवार, असर्फी साह कलवार, पुनम देवी कलवार, चन्दा देवी, मुमताज अंसारी, भरत प्रसाद गुप्ता, आशानुल्लाह, जिउत महतो र धनसुनर महतो रहेका छन् ।

सो कार्यक्रममा विगा राउत गदी, कविसुरहमान अंसारी, अनु राणा, राम अयोध्या प्रसाद पटेल, भुसन दास तत्वा लगायत स्थानीय भद्रभलादमी र बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ