रौतहट, २८ असोज । रौतहट जिल्लाको गौर नगरपालिका ४ टिकुलिया स्थित लालबकैया नदीमा नया डूंगा सञ्चालनमा आएको छ । गएको भाद्र ९ गते डूंगा दुर्घटना भएपछि गौर नगरपालिकाले करीव ४ लाखको लगतमा नयाँ डूंगा बनाएर सञ्चालनमा ल्याएको हो ।
दुर्घटनामा डूंगा क्षति ग्रस्त भएको थियो । ५ जनाको ज्यान जाने गरी निर्माणाधीन पुलको पिलरमा ठोकिएर डूंगा दुर्घटना भएपछि स्थानीयहरुलाई नदी वारीपारी आवत जावत गर्न समस्या उत्पन्न भएको थियो ।
स्थानीय सरकारको हैसियतले गौर नगरपालिकाका प्रमुख अजय कुमार गुप्ताले सक्रियता पूर्वक काम गरेर जनताको दुःखको निवारण गर्न सफल भएका छन ।
नया निर्माण भएको डूंगाको मेयर गुप्ताले शुक्रवार विधिपूर्वक पूजा अर्चना गरी उदघाटन गरेका छन् । नयाँ बनेको डूंगा घटवारको जिम्मा समेत लगाइएको वड़ा अध्यक्ष भुनेश्वर शाहीले बताएका छन् ।
डूंगामा सवार हुने हरुको सुरक्षाको लागि नगरपालिकाले लाइफ ज्याकेट समेत उपलब्ध गराएका छन । डूंगा उदघाटन गर्दै मेयर गुप्ताले क्षमता भन्दा बढ़ी मानिस न चढाउन निर्देशन समेत दिएका छन ।
डूंगा दुर्घटनाको दोषी पुल निर्माणको जिम्मा लिएका पपु कंस्ट्रक्सन रहेको भन्दै कÞानूनी कार्यवाही समेत अगाडी बढ़ाइएको छ । लाल बकैया नदीमा नया डूंगा आइसके पछि स्थानीयहरु समेत हर्षित भएका छन ।
गौर नगरपालिका र ईशनाथ नगरपालिका जोड़ने बाटोको विचमा रहेको लालबकैया नदीमा डूंगा सञ्चालन आए पछि गाउलेहरु रहत महसूस गरिरहेका छन ।
तपाईको प्रतिक्रिया