पाइप लाइन विकासको ठूलो आाधार

समाचार

8/8/2019

काठमाडौं, २३ साउन । मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइप लाइन नेपालको लागि वरदान सावित भएको छ । यसबाट नेपालले मासिक ३० करोड रुपैयाँ बचत गर्नेछ ।

पाइपलाइनको अवलोकन गरेका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवलगायतको टोलीसँग आयोजनाका अधिकारीहरुले पाइपलाइनबाट समयको बचतसँगै लागत खर्च पनि बचत हुने बताएका हुन् ।

मन्त्री यादव, वाणिज्य तथा आपूर्ति सचिव केदारबहादुर अधिकारी, आयल निगमका अधिकारीहरू र भारतीय राजदूत मन्जिवसिंह पुरीसहितको टोलीले पाइप लाइनको हालै अवलोकन गरेको हो । पाइप लाइनबाट ढुवानी गर्दा समयको बचतसँगै लागत खर्च पनि बच्नेडिपो प्रमुख प्रदीप यावदले बताए । डिपो प्रमुख यादवका अनुसार हाल अमलेखगन्जमा दैनिक ४ हजार किलोलिटर आयात हुन्छ । उक्त डिजेल बरौनीबाट आयात हुन्छ ।

१६० वटा ट्यांकरबाट ढुवानी हुन्छ । ट्यांकरबाट ढुवानी गर्दा प्रतिलिटर २ रुपैयाँ ५० पैसा तिर्नुपर्छ । पाइप लाइनले यो रकम बचत हुनेछ । मोतीहारी–अमलेखगन्ज पाइप लाइनको लम्बाइ ६८.९ किलोमिटर हो ।

उक्त पाइपबाट प्रतिघण्टा २९४ किलोलिटर इन्धन आयात गर्न सक्ने गरी डिजाइन गरिएको छ । हालै परीक्षणका लागि बरौनीबाट पटना र पटनाबाट मोतीहारी हुँदै अमलेखगन्जमा डिजेल आयात गरिएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ