विकास कार्यमा आवश्यक सहयोगका लागि प्रदेश सरकार तत्पर : प्रदेश प्रमुख

समाचार

11/11/2018

जनकपुरधाम, २४ कार्तिक । प्रदेश सरकारलाई अघि बढ्न तथा नीति नियममा आवश्यक परिमार्जनका लागि धनुषा चेम्बर अफ कमर्सलाई सुझाब दिन प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले बताएका छन् ।

धनुषा चेम्बर अफ कमर्स जनकपुरधामद्धारा छठ पूजा गर्ने ब्रतालुहरुका लागि गरिएको पूजा सामग्री तथा बस्त्र बितरण कार्यक्रममा बोल्दै प्रदेश प्रमुख कायस्थले असल कार्य तथा विकासका कार्यमा आवश्यक सहयोगका लागि प्रदेश सरकार तत्पर रहेको समेत बताएका छन् ।

साथै उनले छठ व्रतालुहरुका लागि गरिएको पुजा सामाग्री वितरणका लागि आयोजकको प्रशँसा समेत गरे । कार्यक्रममा छठ पूजा गर्ने एक सय एक व्रतालूहरुलाई पुजन सामाग्री तथा वस्त्र वितरण गरिएको थियो ।

उक्त कार्यक्रममा प्रदेश नं. २ का मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले जनकपुरधाममा मनाईने छठ पूजालाई ३ दिवसिय भव्यता प्रदान गर्न सकिए यस क्षेत्रमा पर्यटक तान्न सकिने बताए ।

कार्यक्रममा जनकपुरबाट अयोध्यासम्म साईकलबाट यात्रा गरेका रँजीतलाई चेम्बर अफ कमर्सले सम्मान गर्नुका साथै साईकल प्रदान समेत गरेका थिए । कार्यक्रममा प्रथम महिला सबिता कायस्थ, प्रदेश साँसद परमेश्वर साह, साहित्यकार राम भरोस कापडि सहितको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ