नेपालगञ्ज, १३ कार्तिक । नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले लोकतान्त्रिक मूल्यमान्यता र आदर्शलाई अनुसरण गर्न सरकारलाई आग्रह गरेको छ ।
नेपाल प्रेस युनियन बाँकेले यहाँ मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकारको गलत क्रियाकलापका कारण नेपालमा विदेश लगानी कम हुँदै गएको र स्वदेशी लगानीकर्ता पनि पछि हट्न थालेको आरोप लगाए ।
नेता महतले नीजि क्षेत्र र जनतालाई उत्पादनको नेतृत्व दिनुपर्छ भने वितरणको नेतृत्व सरकारले लिनुपर्नेमा जोड दिए । उनले पार्टी सङ्गठन विस्तार, नेता, कार्यकर्ताबीचको एकता र गुट, उपगुटको अन्त्य पार्टीको प्राथमिकताभित्र परेको छ भने ।
तपाईको प्रतिक्रिया