सिरहा, २६ कार्तिक । कानूनी रुपमा दण्ड र सजायको व्यवस्था हुँदाहुँदै जातीय विभेद र छुवाछुतको घटना अझैसम्म गाउँ एवं प्रहरीमा पञ्चायती गरेरै छिनोफानो गर्ने गरिएको छ ।
सिरहाको कल्याणपुरकी एक मरिक समूदायकी महिलालाई स्थानीय यादव थरका एक युवकले जातिकै आधारमा गालीगलौज तथा कुटपिट गर्दा समेत प्रहरीमा गालीगलौज र दुव्र्यवहारको ठाडो उजुरी मात्र दर्ता भएको थियो ।
प्रहरीमा हतियार देखाएर जातिकै आधारमा गालीगलौज र हातपात गरेको मौखिक जानकारी गराउँदा समेत प्रहरीमा गालीगलौज र दुव्र्यवहारको उजुरी मात्रै दर्ता भएको पीडित महिलाले बताइन् ।
नगरपालिका कार्यालयमा मिलापत्र गर्न पीडकपक्षको दबाब हुँदा समेत पीडित महिला न्याय दिलाउन प्रहरीमा पटक पटक आग्रह गरेकी थिइन् ।
स्थलगत अनुगमनमा जातिय आधारमै घटना भएको पत्ता लागेपनि सामाजिक दवावका कारण उजुरीमा ती सबै कुरा नआएको हुनसक्ने नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सिरहाका अध्यक्ष मोहन पासवानले बताए ।
सामाजिक दबाबकै कारण प्रहरीले आइन्दा पीडितलाई थप पीडा हुने कुनै कार्य नगर्न काँगजा गराएर मिलापत्र गराएदिएकोले यस घटनालाई कानूनी रुपमा अदालतसम्म पु¥याउन कठिनाई हुने उनले बताए ।
जातिकै आधारमा कुनै ब्यक्तिको अवहेलना, मानवताविरोधी लगायतकाकार्य गरेमा अधिकत्तम तीन महिनादेखि तीनबर्षसम्म कैद र पचास हजार रुपैयादेखि दुईलाख रुपैयासम्म जरिवानाको ब्यबस्था छुवाछुत तथा भेदभाव(कसुर र सजाय)ऐन, २०७५ मा छ ।
तपाईको प्रतिक्रिया