नेहाल खान,वीरगन्ज, १३ माघ । भारतीय महावाणिज्य दुतावास वीरगन्जले ७० औं गणतन्त्र दिवस एक समारोहका बिच सम्पन्न गरेको छ । प्रत्येक वर्ष मनाउने गणतन्त्र दिवस यस वर्ष पनि मनाइएको छ ।
दुतवासको आफ्नै प्राङ्गनमा ७०औं गणतन्त्र दिवस नेपाल र भारत दुबै देशका संस्कृति झल्कीने गरी नृत्यहरु प्रस्तुत गरी सद्भाव पुर्ण कार्यक्रम गरेर मनाइयोे । कार्यक्रममा भारतिय महावाणिज्य दुतावास बिरगंजका महावाणिज्य दुत बि.सि. प्रधान ले भारतका राष्ट्रपती श्री. रामनाथ गोविन्द ले भारत वासीको नाममा दिएको सन्देश पढेर सुनाएका थिए । ७०औं गणतन्त्र दिवसको अवसरमा विभिन्न संघ संस्थाहरुलाई बस तथा एम्बुलेस पनि प्रदान गरिएको छ ।
७०औं गणतन्त्र दिवसको अवसरमा भारतीय महावाणिज्य दुतावासले सांस्कृतिक कार्यक्रमको साथ साथै दिवा भोज समेतको आयोजना गरिएको थियो । दिवा भोजमा विभिन्न राजनीतिक दल, समाजसेवी, संघसंस्था र सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।
७०औं गणतन्त्र दिवसको कार्यक्रममा अध्ययक्षता भारतीय महावाणिज्य दुतावास बिरगंजका महावाणिज्य दुत बि.सि. प्रधान, प्रमुख अतिथिमा प्रदेश नम्बर २ का भौतिक तथा योजना मन्त्री जितेन्द« सोनल, भारतीय महावाणिज्य दुतावास विरगंजका उप–महावाािण्ज्य दुत रमेश चतुर्वेदि, वाणिज्य दुत रमेश कुमार, डा.कोट्राश्वामी, विनोद लोहसाली, नेशनल मेडिकल कलेजका चेयरमैन डा.जैनुद्दिन अन्सारी, एम.डि तथा नेकपा का नेता बसरुद्दिन अन्सारी, आबिद अन्सारी (चाँद), फोरम पार्टिका केन्द्रिय निजामुद्दिन समानी, पर्सा प्रमुख जिल्ला अधिकारी नारायण भट्टराई, प्रहरी उपरिक्षक रेवती ढकाल, समाजसेवी पशुपति विक्रम शाह र उषा शाह, उद्योगपति अजय प्रजापति, सञ्चारकर्मीहरु मा नेपाल टेलिभिजनका नेहाल खान, प्रदेश नं.२ का अध्यक्ष दिपेन्द्र चौहान, रेडियो विरगंजका ध्रव साह, विरगंज सन्देश दैनीकका मन्सुर खान, रामाशंकर सिंह, अरसद कमाल, नाजिर खान लगायत संसद बिधायक र विभिन्न संघ संस्थाका प्रमुखहरुको उपस्थीती रहेको थियो ।
तपाईको प्रतिक्रिया