वीरगन्ज दुर्व्यवहारको घटनाप्रति सशस्त्र प्रहरीको गम्भिर ध्यानाकर्षण, दोषी उपर कारवाही गरिने

समाचार

11/24/2018

काठमाडौं, ८ मंसिर । पर्सा जिल्लाको विरगञ्ज महानगरपालिका १६ स्थित रजत जयन्ती चोकमा सशस्त्र प्रहरी कर्मचारीले स्थानीय महिलामाथि हातपात गरेको भन्ने घटनाप्रति सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको गम्भिर रुपमा ध्यानाकर्षण भएको छ ।

बिहिबार सशस्त्र प्रहरी कर्मचारीले उक्त स्थानमा दुव्र्यवहार गरेको भन्ने जानकारी पाउनासाथै ति सशस्त्र प्रहरी कर्मचारीलाई सशस्त्र प्रहरी बल नेपाल गण हेक्वा पर्सा नम्बर १३ गणमा झिकाएर छानविन भईरहेको जनाएको छ । दोषी सशस्त्र प्रहरी कर्मचारी माथि कडा कारवाही गर्न निर्देशन दिइसकिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले मातहत सम्पूर्ण इकाईलाई प्रचलित कानूनको परिधि भित्र रहि पेशागत ढंगले जिम्मेवारी निर्वाह गर्न तथा मानव अधिकारको पालना गर्दै कुनै प्रकारको दुव्र्यवहारजन्य क्रियाकलाप नगर्न पटक–पटक सचेत गराइरहेकै बीच भएको उक्त घटनालाई गम्भिर्यतापूर्वक लिदै पुनः सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीलाई यसप्रकारको क्रियाकलाप नगर्न तथा गरेको पाइएमा आवश्यक कडा कारवाही गरिनेतर्फ ध्यानाकर्षण गराइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ