विराटनगरमा प्रसूति केन्द्रको शिल्यान्यास

समाचार

5/7/2019

विराटनगर, २३ बैशाख । अमेरिकी दूतावासले नेपाल सरकारसँगको साझेदारीमा मोरङ जिल्लाको बिराटनगरमा मोरङ प्रसूति केन्द्रको शिलान्यास गरेको छ ।

अमेरिकी रक्षा मन्त्रालयको आर्थिक सहयोगमा नेपालले निर्माण गर्ने प्रसूति केन्द्रले प्रसूति सेवा प्रदान गर्नेछ । प्रसूति केन्द्र १२ लाख अमेरिकी डलर लागतमा निर्माण गर्न लागिएको हो ।

मोरङ प्रसूति केन्द्रले त्यस क्षेत्रका प्रसूतिका बिरामीलाई अस्पतालका शैयासम्मको पहुँच बढाउनेछ । प्रसूति सेवासम्मको पहुँचमा हुने वृद्धिले मातृशिशु मृत्युदरलाई घटाउन र नवजात शिशु र सुत्केरी स्वास्थ्य सेवामा सुधार ल्याउन मद्दत पुग्ने विश्वास गरिएको छ ।

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोगकी शिक्षा विकास अधिकृत मनिका भिलान्वएभाले प्रसूति केन्द्रमार्फत नेपालमा स्वास्थ्य सेवासम्मको पहुँच बढाउन पाएकोमा खुसी व्यक्त गरिन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ