विराटनगर महानगरमा सार्वजनिक बिदा

समाचार

8/12/2019

विराटनगर, २७ साउन । प्रदेश नं. १ को विराटनगर महानगरपालिकाले मुस्लिम धर्मावलम्बीहरुको महान पर्व इद उल अजहा अर्थात बकर इदका अवसरमा विराटनगर महानगरपालिकाले सार्बजनिक विदाको घोषणा गरेको छ ।

महानगरपालिकाले आइतबार विज्ञप्ति जारी गर्दै महानगरले सोमबार महानगरभरी बिदा दिने जनाएको हो ।

विज्ञप्तिमा महानगरपालिका नगर कार्यपालिकाको कार्यालय तथा नगर क्षेत्रभित्रका सबै शिक्षण संस्थामा सार्वजनिक बिदा गरिएको जनाएको छ ।

कार्यबाहक प्रमुख इन्दिरा कार्कीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सोमबार मुस्लिम धर्मावलम्बीहरूको चाड इद–उल–अजहा पर्ने भएकाले सोमबार महानगरपालिका नगर कार्यकालिकाको कार्यालय र अन्तर्गतका कार्यालयहरू एवं नगर क्षेत्रभित्रका शिक्षण संस्थाहरूमा सार्वजनिक बिदा गरिएको सूचित गरिन्छ ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ